बर्दिवासको नयाँ सिनेमा हलमा बुधवारदेखी चलचित्र ‘परदेशी २’ प्रदर्शनमा आउँने

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित पुरानो सिनेमा हलको नयाँ कम्प्लेक्समा आर। एस मुभिज प्रा।ली।को उद्धाटन संगै यही बुधवारबाट चलचित्र ‘परदेशी २’ प्रदर्शनमा आउने भएको छ ।
‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता हिट चलचित्र दर्शक माझ पस्केका निर्देशक नारायण रायमाझीको प्रोजेक्ट भएका कारण ‘परदेशी २’लाई लिएर दर्शकको पर्खाइ रहेको छ ।
यस चलचित्रमा साङ्गीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपूतले अभिनय गरेको पहिलो चलचित्र भएका कारण अझ चासोका साथ हेरिएको छ ।
चलचित्रमा प्रकाशका साथमा केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, रमा थपलिया, नीर शाह, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय रहेको छ ।
रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रले युवापुस्ताको विदेश मोह र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई प्रस्तुत गरेको छ ।

राजेश वंशल र निर्देशक रायमाझी स्वयंम मिलेर यो चलचित्रको निर्माण गरेका हुन् ।
बर्दिवासको सिनेमा हलमा प्रमियर शो मंगलवार साँझ ६ बजे हुनेछ बुधवारदेखी बिहान दिउसो र बेलुका ३ शो प्रदर्शन हुने यस सिनेमा हलमा शनिवार बिद्यार्थीलाई बिशेश छुटकालागी१ शो थपगरी ४ शो सिनेमा प्रदर्शन हुँने बताईएको छ।
सिनेमा हेर्न चाहनेले रु ३ सय २ सय पचास र २ सयको टिकट काटेर हेर्न सक्ने छन ।

 

आउँदै गरेको दिपाबली तथा छठ पर्वको माहोलमा बर्दिवासको पुरानै सिनेमा हल भएको स्थानको नयाँ सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...