बर्दिवासको नयाँ सिनेमा हलमा बुधवारदेखी चलचित्र ‘परदेशी २’ प्रदर्शनमा आउँने

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित पुरानो सिनेमा हलको नयाँ कम्प्लेक्समा आर। एस मुभिज प्रा।ली।को उद्धाटन संगै यही बुधवारबाट चलचित्र ‘परदेशी २’ प्रदर्शनमा आउने भएको छ ।
‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता हिट चलचित्र दर्शक माझ पस्केका निर्देशक नारायण रायमाझीको प्रोजेक्ट भएका कारण ‘परदेशी २’लाई लिएर दर्शकको पर्खाइ रहेको छ ।
यस चलचित्रमा साङ्गीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपूतले अभिनय गरेको पहिलो चलचित्र भएका कारण अझ चासोका साथ हेरिएको छ ।
चलचित्रमा प्रकाशका साथमा केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, रमा थपलिया, नीर शाह, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय रहेको छ ।
रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रले युवापुस्ताको विदेश मोह र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई प्रस्तुत गरेको छ ।

राजेश वंशल र निर्देशक रायमाझी स्वयंम मिलेर यो चलचित्रको निर्माण गरेका हुन् ।
बर्दिवासको सिनेमा हलमा प्रमियर शो मंगलवार साँझ ६ बजे हुनेछ बुधवारदेखी बिहान दिउसो र बेलुका ३ शो प्रदर्शन हुने यस सिनेमा हलमा शनिवार बिद्यार्थीलाई बिशेश छुटकालागी१ शो थपगरी ४ शो सिनेमा प्रदर्शन हुँने बताईएको छ।
सिनेमा हेर्न चाहनेले रु ३ सय २ सय पचास र २ सयको टिकट काटेर हेर्न सक्ने छन ।

 

आउँदै गरेको दिपाबली तथा छठ पर्वको माहोलमा बर्दिवासको पुरानै सिनेमा हल भएको स्थानको नयाँ सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।