फतुवा विजयपुर नगरपालिकाको विवाद उत्कर्षमा

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बिचको विवादले कर्मचारीको तलब भत्ता रोकिनुको साथै नगरको कामकाज ठप्प बनेको छ।
तत्कालीन मेयर गोपाल राय यादव विशेष अदालतबाट दण्डित भई निलम्बित भएपछी कार्यवाहक मेयर अम्बेया खातुन र अन्य जनप्रतिनिधिबिच विवाद उत्पन्नभई असहज परिस्थती बनेको हो।

जनप्रतिनिधि बिचको विवादका कारण समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षकतथा अन्य कर्मचारीले तलब पाउन सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १६ को उपदफा ४ क अनुसार कार्यपालिकाको बैठक बोलाउने अधिकार नगरप्रमुखको रहेपनी नगर प्रमुखसँग कुनै सरसल्लाह नगरी पूर्व प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादवले गत १० गते शुक्रवारको मितिले बैठक बोलाएका थिए ।
तर बैठक ऐनको मर्म बिपरित रहेको र २०–२५ दिन पछि शुक्रवार मात्र कार्यालय खुलेको कारण बैठक सम्बन्धी एजेण्डा तयारी नरहेको बताईएको छ।
यसैबिच कार्यवाहक मेयर अम्बेया खातुनले अनधिकृत रूपमा कसैले बोलाएको कार्यपालिका बोर्डको बैठकको कुनै औचित्य नहुने बताएकी छिन् ।
मेयर खातुनले एक सूचना जारी गर्दै हाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नरहेका स्वास्थ्य शाखाका शम्भु कुमार यादवले बोलाएको बैठकको कुनै औचित्य नरहेको तथा बैठक बोलाउने उनलाई अधिकार समेत नरहेको

हुँनाले बैठक नहुने मेयर खातुन द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

यस अघि बडा दसैँको मुखमा तलब सुविधा पाउने सम्भावना नदेखिए पछि गत असोज १९ गते शिक्षक र कर्मचारीले नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका थिए। तालाबन्दीको झन्डै तीनसाता पछि गत शुक्रवार निलम्बित मेयर गोपाल राय यादवको पहलमा छठपर्व अघि शिक्षक तथा कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने वडा अध्यक्षहरूले जिम्मा लिएपछि ताला खोलिएको थियो।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...