आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा रहेको बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नजिकिदै गरेको चाँड पर्वलाई लक्षित गरेर वितरण गर्ने खानेपानीको महसुलमा एक महिना पुरै छुट दिने निर्णय गरेको छ ।
शुक्रवार खानेपानी उपभोभोक्ता संस्थाकोे सञ्चालक समितीको बसेको बैठकले यहि कार्तिक ५गत्तेदेखी आगामी मंसिर ५ गत्ते सम्म पुरै एक महिनाको खानेपानीको महसुलमा छुट दिएर उपभोक्तालाई निशुल्क पानी बितरण गर्ने निर्णय गरेको संस्थाका अध्क्षय भुलन सेन ठकुरीले बताए।
खानेपानी संस्थाले एक महिनाको अबधिभर महसुलमा छुट दिँदा १५ लाख बराबरको आर्थिक भार खेप्नु परे पनी उपभोक्ताको सुबिधालाई ध्यानमा राखेर महसुलमा छुट दिईएको संस्थाका कोषाअध्क्षय भोज प्रसाद फुयाँल (शंकर) ले बताए।
हाल संस्थाले बर्दिवास नगरपालिकाको वडा नम्बर १,२,३ र १४ मा खानेपानी बितरण गरीरहेको छ।
खानेपानीबाट नगरका ४ वटै वडामा करीब ६ हजार उपभोक्ता लाभान्भित छन।
खानेपानीको महसुलमा एक महिना पुरै छुट
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































