आज्ञा खबर
बारा
जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर डा. कृष्ण पौडेल आफ्नै घरमा मृत फेला परेका छन् ।
बिहीबार घरमा कोही नभएको अवस्थामा पौडेल जितपुर सिमरा वडा न २ मा रहेको आफ्नै घरमा मृत फेला परेका हुँन।
घटनास्थलमा अहिले प्रहरी पुगेको छ । पौडेल नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव समेत रहेको जितपुर उपमहानगरका उप्रप्रमुख भोला अधिकारीले जानकारी दिए ।
एमाले मधेस प्रदेश अधिवेशन जनकपुरमा जारी छ ।
