सर्लाहीमा करेन्ट लागेर मंगलवार एक जनाको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीमा करेन्ट लागेर मंगलवार एक जनाको ज्यान गएको छ ।
बन्यजन्तुबाट तरकारी जोगाउन थापिएको बिद्युतिय करेन्टमा परी बरहथवा नगरपालिका १४ बिम्मा टोलका ४५ बर्षिय शिबजी साहको ज्यान गएको हो।
साह मंगलवार राती शौच गर्न गएको समयमा छिमेकी नरेश साहले काउली खेती गरेको खेतमा नाङ्गो तारमा छुँदा करेन्ट लागेको सर्लाही प्रहरीले जनाएको छ।
प्रहरीले काउली खेतबाट जोखिमपुर्ण ढंगले हुकिङ्ग गरेर बेरीएको नाङ्गो तार बरामद गरेको छ। खेतमा नाङ्गो तार बेरेर अबैध रुपमा करेन्ट प्रवाह गर्ने नरेश घटना पश्चात फरार भएका छन प्रहरीले नरेशका छोरा रामकेबललाई नियन्त्रणमालिई थप अनुसन्धान गरीरहेको जनाएको छ।

 

 

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...