आज्ञा खबर
सर्लाही
सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट मंगलवार एक बालकको ज्यान गएको छ भने एकजना घाइते भएका छन्।
रामेछाप जिल्लालिखु तामाकोशी गाउँपालिका–२ घर भई हाल हरिवन नगरपालिका–७ ताइवान टोल बस्ने १४ वर्षीय शिवप्रसाद दाहालकोे हरिपुरस्थित जंगलमा आज जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
हरिवन नगरपालिका–१० बस्ने ५१ वर्षीय छविलाल काफ्लेसँगै दाहाल मंगलवार बिहान ८ बजे घाँस काट्न हरिपुर नगरपालिका–१ स्थित चार्ली भन्ने ठाउँमा गएका थिए।
घाँस काट्दा उनको जंगली हात्तीसँग जम्काभेट भएको थियो। भेटपछी भाग्न खोज्दा दाहाललाई हात्तीले लछारपछार पारेर घटनास्थलमै हातीले दहालको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए।
दाहालसँगै जंगल पुगेका काफ्ले गम्भीर घाइते भएका छन्। उनको गोडामा चोट लागेको छ। काफ्लेको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ।





































