आज्ञा खबर
धनुषा
नेकपा एमालेको मधेस प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । अध्यक्ष केपी शर्मा ओलीले आज बुधबार १२ बजेपछि जनकपुरमा उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले श्रोतले जनाएको छ।
अधिवेशनको बिहीबारदेखि बन्द सत्र सुरु गरेर नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।
अधिवेशनमा एक हजार २१ जना प्रतिनिधिले पाँच पदाधिकारीसहित २ सय ३५ सदस्यीय नयाँ प्रदेश कमिटी निर्वाचित हुने नेकपा एमाले केन्द्रीय सचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए।
एमाले भित्र अहिले सर्वसम्मत नेतृत्व छनोटको प्रयास भइरहेको छ । सर्वसम्मतका लागि सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनेछ ।
‘पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिस्पर्धा गर्ने छुट छ । एमालेको अर्का सचिव रघुवीर महासेठको गृह प्रदेश समेत हो मधेस प्रदेश ।
यो प्रदेशमा ६६ हजार २ सय पार्टी सदस्य रहेको एमालेले जनाएको छ । जसमध्येबाट १ सय ३६ स्थानीय तहका १ हजार २१ जना प्रतिनिधिका रूपमा छानिएका छन् ।
नेतृत्वका लागि अहिलेसम्म सर्लाहीका राजनारायण साह र चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका लक्ष्मीनारायण यादवले अध्यक्ष पदमा आकांक्षी देखिएका छन् । हालका प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुख भएकाले उनी अध्यक्षमा दोहोरिन नपाउने भएका छन ।