आज्ञा खबर
सिरहा
सिरहामा प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ परेका छन ।
सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ स्थित पुर्व पश्चिम लोकमार्गको आर्या होटल अगाडी सडक खण्डमा चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा सोमबार राती २ जना सवार रहेको पक्रउ परेको हो।
मोटरसाईकलमा लागू औषध ल्याउदै गरेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतको टोलीले दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा.६३ प. ९१९६ नं.को मोटरसाईकलमा सवार लहान नगरपालिका वडा नं. २१ माधोपुर बस्ने वर्ष २१ को अर्जुन कुमार राम र सोही मोटरसाईकल पछाडी सवार वडा नं. २० हरीनगर बस्ने वर्ष ३५ को रामानन्द दासलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए ।
उनीहरूलाई चेकजाँच गर्दा उनीहरूले बिचमा राखेको कपडाको ब्याग भीत्र ३ वटा प्लास्टिकको पोकाबाट प्रोमेटसाजिन हाइड्रोक्लोराइड २एमएल ४८७ एम्पुल, डाइजेपाम इन्जेक्सन ४९८ एम्पुल र बुप्रेनोर्फिना इन्जेक्सन ४९० एम्पुल बरामद भएको प्रवक्ता पाण्डेले बताए ।
पक्राउ परेकाको घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
