आज्ञा खबर
काठमांडौ
प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा १० नेपालीको ज्यान गएपछि सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले आज एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।
शेकमा आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माले आज बिदा नदिएर्को राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् ।
मन्त्रिपरिषद्को बैठकले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।
यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको शर्माले बताइन्