आज्ञा खबर
महोत्तरी
सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख एक हजार भारतीय रुपियाँ नेपाल–भारत सीमा नाकाबाट बरामद गरेको छ ।
जलेश्वरस्थित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द पोखरेल तथा बोर्डर आउट पोष्ट मटिहानीका सशस्त्र निरीक्षक भोलाकुमार श्रेष्ठको कमाण्डमा खटेको संयुक्त टोलीले मटिहानी–७ स्थित दश गजा क्षेत्रमा सुरक्षा चेकजाँच गर्ने क्रममा भारतको मधवापुर बजारबाट प्र २–०२–००१ प ९७५४ नंको मोटरसाइकलमा सवार मटिहानीतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले दशगजा नजिक सशस्त्रले चेकजाँच गरेको देखेपछि मोटरसाइकल छाडी भारततर्फ भागेका थिए । सोहि क्रममा मोटरसाइकल चेक जाँच गर्दा कालो रङको ब्याग र त्यसभित्र भारतीय नोटका पाँच सय दरका ३७० थान तथा दुई सय दरका ७० थान रुपैयाँ फेला परेको महोत्तरीको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वार्टरले जनाएको छ ।
बरामद रुपैयाँ र मोटरसाइकल सशस्त्रले नियन्त्रणमा लिएर पथलैयास्थित राजस्व चुहावट एकाइ बुझाउने तयारी गरेको बताईएको छ ।
स्रोत नखुलेका दुई लाख भारतीय नोट बरामद

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech