शव माग गर्दै सपहीमा स्थानीयद्वारा चक्काजाम

[sharethis-inline-buttons]

आज्ञा खबर
ढल्केबर
धनुषाको लक्ष्मीनिया गाउँपालिका –४, सपहीका २२ वर्षीय आनन्द साहको शव माग गर्दै धनुषाको सपहीमा चक्काजाम गरिएको छ। साहको इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणमा परी निधन भएको हो उनको शवको माग गर्दै आक्रोशित स्थानीयवासीले सोमबार बिहान ९ बजेदेखि ढल्केबर–जनकपुर सडकखण्डको सपही चोकमा चक्काजाम गरेका हुँन । स्थानीयवासीले मोटरसाइकल र एम्बुलेन्सलगायत अति आवश्यक सावरीबाहेक अरु सवारी चल्न दिएका छैनन् ।
इजरायलमा विद्रोही समूको आक्रमणबाट मृत्यु भएका साहको शव ल्याउन नेपाल सरकारसँग माग गर्दै चक्काजाम गरिएको स्थानियले बताएका छन।
शव ल्याउने निश्चित नभएसम्म चक्काजाम नखोलिने स्थानियकोे भनाई छ।

इजरायलमा शनिवार भएको आतङ्ककारी हमलामा परी १० जना नेपाली नागरिकको निधन भएको छ । त्यसमध्ये साहसमेतको निधन भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरेकीछिन । मृतक साह गत भदौ २६ गते कृषिसम्बन्धी तालिम लिनका लागि इजरायल गएका थिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...