आज्ञा खबर
धनुषा
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार विज्ञप्ति जारी गर्दैे शिक्षा तथा सामाजिक कल्याण मन्त्रालय फुटाएर सातौं पटक मन्त्री परिषद् पुनर्गठन गरेका छन्।
चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाका सुरिता साहलाई दिन सो मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएको छ ।
जनमतको भागमा रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर मन्त्री परिषद पुर्नगठन गरिएको हो ।
सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेबारी दिइएको छ । यादव शिक्षा तथा समाज कल्याण मन्त्रालयका मन्त्री थिए।
बिना विभागीय मन्त्री साह मुख्यमन्त्री कार्यालयमै जिम्मेबारी विहीन अवस्थामा थिईन। महोत्तरी क्षेत्र नं. २ (ख)बाट प्रत्यक्ष स्वतन्त्र चुनाव जितेकी साहलाई जसपाले पार्टी प्रवेश गराएर सरकार गठनको बेला सामाजिक विकास मन्त्रालय दिएको थियो । पछि मन्त्रालय फुटाउँदा मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई जिम्मेबारी बिहीन बनाएकाथिए ।
मधेश सरकारको पहिलो गठनको बेला मुख्यमन्त्री सहित सात मन्त्रालय मात्र थियो । जसपा विभाजनको बेला तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय फुटाएर १० वटा पुर्याएका थिए ।
गत वैशाखमा शक्ति सन्तुलन मिलाउन मन्त्रालयहरु फुटाएर नयाँ नाम कायम गरी समायोजन गरेर १० वटा नै राखिएको थियो ।
