जितिया पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्न, आपसी सद्भाव र सहिष्णुता कायम गर्ने प्रधानमन्त्री दाहाल

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
प्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक दिनहरूले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी सामाजिक सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन ।
जितिया पर्वको शुभकामना दिँदै उनले नेपाली समाजका संस्कृति र संस्कारहरूका आ–आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषताहरू रहेको बताए ्। प्रधान मन्त्रीले सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने मौलिक पर्वले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने बिश्वास ब्यक्त गर्दै

’शुभकामना सन्देश दिएका हुँन उनले प्रचलित संस्कार, संस्कृति र पर्वहरूले सामाजिक जीवनपद्धतिका विविध पक्षहरूलाई गतिशील तुल्याउँछन्। सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने यस प्रकारका मौलिक पर्वहरूले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढसमेत गर्दछन्।’

जितिया पर्व पारिवारिक एकता, मातृत्व र अन्तर्घुलनको अनुपम दृष्टान्तसमेत रहेको बताए। उनले पर्वले हाम्रो विविधता र पहिचानसहितको राष्ट्रिय एकतालाई सुदृढ गर्न, आपसी सद्भाव र सहिष्णुता कायम गर्दै संविधानप्रदत्त अधिकारको प्रगतिशील कार्यान्वयनका निम्ति समस्त नेपालीहरूमा उत्प्रेरित गर्ने जनाए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...