लालबन्दीमा जापानिज इन्सेफ्लाइटिसका बिरामी फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
र्लाहीको लालबन्दी नगरपालिकाको उत्तरी भेगस्थित वडा नं. १६ परवानीपुर भोर्लेनीमा १४ वर्षका एक बालकमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमित फेला परेका छन्।

सङ्क्रमित बालकको अहिले पाटन अस्पताल, ललितपुरको सघन उपचार कक्ष (आइसियु) मा उपचार भईरहेको लालबन्दी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रोशन चौधरीले बताए ।
बालकमा सङ्क्रमण देखापरेपछि भोर्लेनी क्षेत्रमा लामखुट्टे मार्नका लागि घर, गोठ र बङ्गुरको खोरमा औषधि छर्कने काम गरिसकिएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो रोग लामखुट्टेले घोडा, सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोकेपछि मानिसलाई टोक्यो भने सर्दछ ।
मानिसबाट मानिसमा भने सङ्क्रमण नसर्ने चिकित्सकले बताएका छन् । जापानिज इन्सेफ्लाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे नियन्त्रणको उपचार अपनाउन चिकित्सकको सुझाव छ ।