वीरगञ्जमा आफ्नै घरमा एक महिला मृत फेला, हत्या भएको आशंका

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
वीरगञ्जमा एक महिलाको शुक्रबार हत्या भएको छ। वीरगञ्ज महानगरपालिका–१ छपकैया बस्ने पुनम देवीको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।

पुनमको शव उनको आफ्नै घरमा फेला परेको छ। घटनाको प्रकृती हेर्दा मृतकको टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। मृतक महिलाका श्रीमान् कामको शिलशिलामा र छोरा अध्यनको लागि भारतमा बस्दै आएका छन्। महिला एक्लै घरमा बस्दै आएकी थिइन

घटनाको सूचना पाएपछि घटनास्थल पुगेर प्रहरी टोलीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।

घटनास्थलमा तालिमप्राप्त कुकुर पनि अनुसन्धानको लागि मगाइएको थियो।।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...