धनुषाको बटेश्वरमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषाको बटेश्वरमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुर बस्ने वर्ष ४० की रेखा देवी महतो छन् ।

बिहीबार साँझ ज १० प २५७ नम्बरको अपाचे मोटरसाइकलमा चढेर माइत जाँदै गरेको बेला विपरीत दिशबाट आउँदै गरको प्रदेश २–००२–०१ प ६३६६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । लगतै पछाडिबाट फलाम बोकेर आउँदै गरेको ज १ त ५३५८ नम्बरको ट्याक्टरले महतोलाई ठक्कर दिएको थियो
सो ठक्करबाट गम्भीर घाइते महिलालाई उपचारका लागि जनकपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए ।

। विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलमा सवार बटेश्वर गाउँपालिका ३ का युवक गंगाराम महरा घाइते भएका छन्। उनको उपचार जनकपुरमा भइरहेको छ।

ट्याक्टरसहित तीनवटै सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक मिथिला नगरपालिका २ नक्टाझिजका प्रमोद ठाकुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...