मधेस प्रदेशमा आज सार्वजनिक बिदा

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा यही असोज ११ गते बिहीबार अर्थात आज सार्वजनिक बिदा दिएको हो।
प्रदेशको मन्त्रीपरिषद् बैठकले गरेको निर्णय अनुसार मधेस प्रदेशमा सार्वजनिक बिदा दिएको मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले निकालेको सुचनामा उल्लेख गरीएको छ।