आज्ञा खबर
बर्दिवास
बर्दिवास उद्योग वाणिज्य संघको दोस्रो वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । स्थापनाको २० वर्ष पछि अर्थात २०७४ सालमा संघले पहिलो साधारणसभा सम्पन्न गरेको थियो । विगत देखि वर्तमान सम्म आईपुग्दा संघले विभिन्न कालखण्डमा यस क्षेत्रको व्यवसायिक विकासको लागि महत्वपूर्ण योगदान दिदैं आएको छ ।
संघले बर्दिवास नगर भित्र रहेका सबै जातजाती , कला, धर्म–संस्कृति भेष–भूषा तथा स्थानीय उत्पादनको प्रवर्द्धन, विकास तथा बजारीकरण गर्न बर्दिबास महोत्सवको आयोजना गर्दै आएको छ । साथै सामुदायिक तथा संस्थागत विद्यालयका बाल प्रतिभाहरुको समेत कदर गरी त्यस क्षेत्रहरूको वृत्तचित्र बनाई त्यसको प्रचार प्रसार तथा प्रकाशन समेत गरेको छ ।
साधारणसभामा संघका अध्यक्ष विष्णु खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा नगरमा रहेका आम उद्योगी,व्यवसायीको जीउ धनको सुरक्षा गर्नु स्थानीय सरकारको दायित्व रहेको बताउदै , जनताले स्थानीय सरकारलाई तिरेको करको उद्योगी व्यसायीको संरक्षण सम्बर्द्धनको लागि आवश्यक निति ल्याउनु पर्नेमा जोड दिए ।
संघले २०७२ सालको आम विनाशकारी भूकम्प होस् या २०७६÷०७७ सालमा आएको विश्व माहामारी कोरोनाकाल या जुनसुकै समयमा पनि यस क्षेत्रका उद्योगी व्यवसायी तथा समाजमा रहेका अन्य व्यक्तिहरुको लागी परोपकारको काम गर्दै आएको छ ।
बर्दिवास उद्योग वाणिज्य संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

© 2023: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech