आज्ञा खबर
बारा
बारा प्रहरीले बुधबार साँझ जितपुर सिमरा उपमहानगरपालिका–१४ स्थित दुधौरा खोलाबाट ४ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
खोलामा बालुवा लोड गरिरहेकै समयमा ना.६.त.४७६६, ना.७.त.१७२३, ना ७ त ३९१८ र ना ४ त ५७५९ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
नियन्त्रणमा लिइएको ट्र्याक्टरलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय, निजगढमा राखिएको उनले बताए।