पर्सामा पुरुषको शव फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
पर्सामा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।

अन्दाजी ३५ देखि ४० वर्ष उमेरको देखिने पुरुषको शव सोमबार ठोरी गाउँपालिका–४ विजय बस्तीमा नेपाल–भारत सीमा नजिक उखुबारीमा फेला परेको हो ।
स्थानीयले मृतकको पहिचान गर्न नसकेको इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए ।
उनका अनुसार प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान छ।
प्रारम्भिक अनुसन्धानबाट मृतकको शरीरमा घाउ चोट तथा निलडाम आदि नपाइएको उनले बताए ।

शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्ज पठाईएको
उनले बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...