बर्दिवासमा डेंगी संक्रमण फैलँदै स् रोग नियन्त्रयागर्न बर्दिवासको स्थानिय सरकार उदासिन

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा डेंगी संक्रमितको संङ्ख्या तिब्र गतिमा बढिरएपनी बर्दिवास नगरपालिका रोग नियन्त्रण गर्न उदासिन देखिएको छ हाल नगरमा बिरामीको संख्या ९१ पुगेको छ । पछिल्लो दुई महिनामा डेंगीका बिरामी बढ्ने क्रम पहिलेभन्दा तीब्र रहेको बर्दिवास नगरपालिकाले जनाएको छ ।

बर्दिवास अस्पताल, जनसेवा अस्पताल बर्दिवास, शुभस्वास्तिक अस्पताल र ओम प्याथोलोजीमा डेंगी परीक्षण गराउने बिरामीमध्ये दैनिक ४ देखि ५ जनामा संक्रमण देखिए पनी रोग नियत्रणमा बर्दिवास नगरपालिकाका स्वास्थ्य शाखाले खासै चासो नदेखाएको देखिएको हो।

उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने जस्ता डेंगीका लक्षण भएका बिरामी अस्पतालमा बढ्दै गएको जनसेवा अस्पताल बर्दिवासका जेनरल फिजिसियन डा. गणेश श्रेष्ठले बताए ।

भदौ महिना लागेसँगै अस्पतालमा आउने अधिकांश बिरामी डेंगीकै लक्षण लिएर आउने गरेका र डेंगी परीक्षण गर्दा धेरै बिरामीमा संक्रमण पुष्टि हुने गरेको डा. श्रेष्ठले बताए ।

यसैगरी डेंगी सार्ने लामखुट्टेको लार्भा सफा पानिमा हुर्कने भएकाले नगरपालिकाको टोलीले पानी जम्ने ठाउँ खोजी लार्भा नष्ट गर्न नगरको स्वास्थ्य शाखाले खासै चासो नदेखाएको स्थानियको भनाई छ ।
नगरक्षेत्रमा लामखुट्टे मार्न औषधि छर्किने काम नगरिएको पनिस्थानियको ठहर छ।
अहिलेसम्म बर्दिवासमा संक्रमित व्यक्तिमा जटिल अवस्था भईसकेपछी चिकित्सकको सल्लाह अनुसार सुरक्षित रहन आग्रह गर्न नगरले कुनै सुचना प्रबाह गनगरेको स्थानिनिय प्रेमा कुमारी घिमिरेले बताईन।

वर्षाको समयमा परेको पानी जम्ने र जमेको सफा पानीबाट लामखुट्टेको लार्भा वृद्धि हुने साथै अन्य पानीका स्रोतबाट समेत यो संक्रमण फैलन सक्ने हुँदा घर वरपर पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्न नगर स्वास्थ्य शाखाको आग्रह रहेको छ ।