मलंगवाको कर्फ्यु हट्यो , जनजीवन सामान्य हुँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाही( सर्लाहीको मलंगवामा लागेको कर्फ्यु हटेको छ ।

शनिबार बेलुका ५ बजेदेखिको कर्फ्यूका कारण बजार सुनसान भएकोमा बिहान ८ बजे कर्फ्यु हटेपछि भने चहलपहल बढेको छ । पसल खुलेका छन् भने गाडी चल्न थालेका छन् ।

कृष्ण जन्माष्टमीको पूजापछि मूर्ति विसर्जनको विषयमा भएको झडपका कारण स्थिति तनावग्रस्त बनेपछि मलंगवामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ५ देखि आइतबार बिहान ८ बजेसम्म मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी जारी गरेको थियो ।

कृष्ण जन्माष्टमी पूजापछि मूर्ति विसर्जनका क्रममा शुक्रबार साँझ दुई समुदायबीच झडप थियो। जसका कारण विवाद बढ्दै गएपछि गएराति बल प्रयोग गर्नुपरेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउन्ड अश्रुग्यास र एक राउन्ड हवाइ फायर गरेको थियो।