आज्ञा खबर
सर्लाही
सर्लाहीको मलंगवामा कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्नेक्रममा शुक्रवार दुई समुदायबीच थप झडप हुने सम्भावना बढेपछि सो क्षेत्रमा कर्फ्यू लगाइएको छ ।
स्थानीय प्रशासनले शनिबार साँझ ५ बजेदेखि आईतबार बिहान ८ बजेसम्म सदरमुकाम मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।
झडप पश्चात मलंगवा बजार क्षेत्र अशान्त बन्दै गएकोमा स्थिती नियन्त्रण बाहिर जाने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
भदौ २२ गते शुक्रबार राती मुर्ती सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर साविक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
क्र्फू आदेशमा पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷पेट्रोल पम्म सिमा क्षेत्र) भित्र आज मिति २०६०।०५।२३ गते बेलुका ५ः०० बजे देखी भोली मिति २०८०।०५।२४ गते बिहान ८ः०० बजे सम्म कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवम् अरु कुनै प्रकारको उत्श्रृंखल क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम देहायको क्षेत्रहरुमा कर्फ्यू आदेश जारी गरिएको छ। यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्नेछ ।