एकीकृत सहकारी संस्थाको चोैथो साधारणसभा सम्पन्न

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबास–१४ स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज शुक्रबार चौथो साधारणसभामा सम्पन्न गरेको छ। बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको प्रमुख आतित्यथा र संस्थाका अध्यक्ष उत्तमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०७६÷०७७ मा स्थापित यो सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा २२ लाख ६८ हजार ७१२ नाफा कमाएको छ ।
हाल एक हजार १९९ महिला र एक हजार ६६६ पुरुषगरी दुई हजार ८६५ सदस्यरहेको सहकारीे संस्थाको सेयर रकम एक करोड ५८ लाख २८ हजार ६००,रहेको छ। त्यसैगरी कूल बचत रकम नौ करोड ५८लाख ६५ हजार ८२२ र लगानीमा रहेको कूल ऋण रकम १० करोड ५५ लाख ३० हजार ४०४ रहेको सहकारीका सचिब विनोद अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसतै संस्थाको जगेडा तथा विभिन्न कोषमा ७८ लाख ९८ हजार ३०० र कूल दायित्व तथा सम्पति १४ करोड एक लाख चार हजार १५९ रहेको संस्थाका अध्यक्ष उत्तमकुमार श्रेष्ठले जानकारी दिए ।

 

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...