बर्दिवासमा रोटरीले गर्याे निशुल्क कृतिम हात खुुट्टा जडान सुरु

आज्ञा खबर
बदिवास
महोत्तरीको बर्दिबासमा निशुल्क कृतिम हात, खुुट्टा जडान कार्य शनिबारबाट सुरु भएको छ । जडान कार्यक्रम भदौ २५ गत्ते सम्म सञ्चालल हुँने रोटरी क्लबअफ बर्दिवासका अध्क्षय कृष्ण प्रसाद गौतमले बताए ।

उनका अनुसार १० जनाको लागि मात्र कृतिम खुुट्टा जडान अभियान सञ्चालन गर्ने सोच भएपनी अहिलेसम्म नै ९० जना भन्दा बढीले नाम दर्ता गराई सकेको र केही दिन यो अभियान लम्बिने उनको भनाई रहेको छ ।”
रोटरी क्लव अफ बर्दिबासले अभियानका क्रममा सम्पर्कमा आउने सबै बिरामीलाई सेवा दिने जनाएको छ ।

रोटरी क्लव अफ जयपुर (भारत) का दक्ष प्राविधिकले बनाएका कृतिम हात, खुुट्टा यस अभियानमा सेवाग्राहीलाई जडान गर्नेछन् । यो अभियानमा रोटरी क्लव अफ वीरगञ्जको सहयोग रहेको छ ।
अभियानमा जडान कार्यका लागि चार जना बाँगलादेशी र दुुई नेपालीसहित छ जना पविधिक छन् । एक जनाको जडान कार्यमा दुुई जना प्राविधिक लाग्ने र समय कम्तीमा छ घण्टा लाग्ने बताईएको छ ।
एक दिनमा तीनदेखि पाँच जनासम्मको जडान गर्न सकिने बाँग्लादेशी प्राविधिक टोलीका प्रमुख नजमूल हशनले बताए ।

शिविरमा सेवा लिन नेपालका मधेश प्रदेशका जिल्लामात्र नभई पूर्वका सोलुुखुुम्बुु, पाँचथर, काठमाण्डौं र पश्चिममा दाङ्सम्मका र भारतीय बिरामी पनि आएका छन् ।

हात अहिले १२ जनालाई मात्र दिनसक्ने रोटरीले जनाएको छ ।
अहिले खुुट्टाका लागि ९० जनाको नाउँ दर्ता रहेको र यसका लागि भदौ २५ सम्म सम्पर्कमा आउनेलाई सेवा दिने
आयोजकको भनाई छ।
बर्दिवास –१ स्थित बर्दिबास सेवा समितिको भवनमा सेवा सञ्चालन भईरहेको आयोजकले बताएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...