विप्लवको चेतावनी एमसीसीविरुद्ध सडक आन्दोलन गर्ने

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नेकपाका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले नेपालको हितमा एमसीसी नरहेको बताएका छन्।
समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै उनले एमसीसीले देशलाई युक्रेन बनाउने बताउँदै यसलाई नेपालले स्वीकार गर्न नहुने बताए।
अमेरिकाले अनुदानका नाममा नेपालमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएउदै उनले भने, ’नेपालको हित विपरित ५० अर्बको अनुदान नेपालीलाई आवश्यक छैन। यसले देशलाई नै ध्वस्त बनाउँछ।’

एमसीसीविरूद्व आफूहरू सडकमा आइसकेको बताउँदै उनले यसलाई कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताए। धर्म र गैससका नाममा गाउँगाउँ पुगेर कम्युनिस्टहरूलाई सिध्याउने खेल भइरहेको उनको आरोप छ। उनले सरकार, सदन र सडकबाट समेत लड्ने बेला अहिलेको रहेको बताए।

दाहाल नेतृत्वको सरकारले सुशासनका क्षेत्रमा महत्त्वपूर्ण कामहरू गरिरहेकोले यसलाई आफ्नो पार्टीले पूर्ण समर्थन गरिरहेको भन्दै टाउकोदेखि पुछारसम्म, सिंहदरबारदेखि वडासम्म भ्रष्टाचार मौलाई रहेकोले यसका विरुद्ध सरकारले महत्त्वपूर्ण भूमिका खेलेको कुरामा आफुहरुको समर्थन रहेको जिकिर उनले गरे ।
पछिल्लो समय कम्युनिस्ट कार्यकर्ताहरू नै बढी भ्रष्टाचारमा लिप्त भएको उनको भनाई रहेको छ,।