आज्ञा खबर
सर्लाही
सर्लाहीमा बिहीबार इनारमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
म्ृात्यु हुँनेमा बरहथवा नगरपालिका–१, खर्साल टोलमा बिहीबार स्थानीय ६५ वर्षीया लखिया देवी सहनीको सिँचाइका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राति सुतेको ओछ्यानबाट बेपत्ता हुनुभएकी सहनीलाई खोजी गर्ने क्रममा बिहीबार बिहान किसानले खेतमा सिँचाइका लागि निर्माण गरेको सामूहिक इनारभित्र डुबिरहेको अवस्थामा मृत फेला परको स्थानीयले बताएका छन्।
मृतक वृद्धाको शव गाउँलेको सहयोगमा इनारबाट बाहिर निकालिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइ घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बरहथवाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
