सुन प्रकरण: गिराेहबारे सूचना सङ्कलन गर्न सिआइबीका उच्च अधिकृत हङकङ जाँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एक उच्च अधिकृतलाई ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि हङकङ पठाइने भएको छ ।

उक्त सुन हङकङबाट आएकाले त्यहाँबाट सुन पठाउने गिरोहबारे सूचना लिन सीआईबीका एसएसपी दिनेश आचार्यलाई त्यसतर्फ पठाउन लागिएको प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।

सीआइबीले सुन प्रकरणको अनुसन्धानमा सहयोग गर्न इन्टरपोललाई यसअघि नै पत्राचार गरिसकेको छ । इन्टरपोल नेपालको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँमार्फत एनसीबी बेइजिङलाई पत्राचार गरिएको र बेइजिङमार्फत हङकङ सब–ब्यूरोसँग समन्वय गरेर सूचना माग गरिएको छ । आचार्यले त्यहाँ पुगेर इन्टरपोलसँग समेत सहयोग र समन्वय गर्नेछन् ।

राजश्व अनुसन्धान विभागले गएको साउन ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ’ब्रेक शु’ बरामद गरेको थियो ।

गालेर छुट्याउँदा सुन ६० किलो ७१६ ग्राम फेला परेको थियो । उक्त सुन प्रकरणमा चिनियाँ र भारतीय नागरिकसहितका २३ जना पक्राउ परेका छन् ।