कर्मचारीलाई दुई वर्षपछि अनिवार्य सरुवा गर्न माग

[sharethis-inline-buttons]

जनकपुरधाम:आधिकारिक ट्रेड यूनियन लगायतका घटक संघसंगठनले एक कर्मचारीलाई एक जिल्लाबाट अन्य जिल्लामा दुई वर्षपछि अनिवार्य सरुवा गर्न माग राखेका छन् ।

सोमबार चार संघ संगठनले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति धनुषाका अध्यक्ष मुनेश्वर यादवको अगुवाईमा ज्ञापन पत्र बुझाएका हुन् ।

अध्यक्ष यादवले एकै जिल्लामा दुई वर्षभन्दा बढीसम्म नराख्न, अन्य कर्मचारीलाई अवसर दिन र संघसंगठनमा आवद्ध रहेका कर्मचारीलाई जिल्ला बाहिर सरुवा न गर्न गराउन समेत माग रहेको बताए ।

प्रदेशका निजामति सेवा ऐन २०७७ ता प्रदेश निजामति सेवा नियमावली २०७९ परिच्छेद ५, दफा २५, उपदफा ३ अनुसार सरुवा गर्ने बारे कुनै कर्मचारी एकै कार्यालयमा वा एकै जिल्लामा दुई वर्ष रहिरहेकाले अनवार्यरुपमा सरुवा गरी अन्य कर्मचारीलाई सेवा गर्ने अवसर प्रदान गर्न दिनुपर्ने, ऐनको दफा ३७, को उपदफा ४, अनुसार उमेरको कारणबाट अनिवार्य अवकाश हुन एक वर्ष वा सो भन्दा कम अवधि बाँकी रहेको प्रदेश निजामति कर्मचारीलाई निजले माँगेको अवस्थामा बाहेक सरुवा गर्न नपाउने, संघीय निजामति सेवा ऐन, २०४९ नियमावली संशोधन सहितको तथा प्रदेशको निजामति ऐन २०७७ नियमावली २०७९ अनुसार संघसंगठनका जिल्ला कार्य समितिका प्रतिनिधिहरुलाई जिल्ला बाहिर सरुवा न नगर्न गराउन हुन सम्बन्धित सरोकारवालाहरुलाई चार संघसंगठनले माग रहेको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति धनुषाका अध्यक्ष मुनेश्वर यादव, नेपाल निजामति कर्मचारी मंच धनुषाका अध्यक्ष दिपक ठाकुर, नेपाल निजामति कर्मचारी संगठन धनुषाका राकेश यादव र नेपाल निजामति कर्मचारी यूनियन धनुषका अध्यक्ष धर्मराज पौडेलले मुख्यमन्त्री यादव र प्रदेश प्रमुख मिश्रलाई ज्ञापन पत्र बुझाएका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...