आज्ञा खबर
रौतहट
जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता तथा रौतहट कार्यसमिति सदस्य संजय यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जउनलाई पार्टीका अध्यक्ष डा.सिके राउतले सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराए ।
२०७९ मा भएको स्थानीय चुनावमा लोसपाले टिकट नदिएपछि जसपाबाट टिकट लिएर चुनाव लडेका थिए । तर चुनावमा पार्टीकै नेताबाट धोका भएको भन्दै उनले जसपासँग पनि असन्तुष्टि जनाउँदै आएका थिए ।
उनले भने, ‘जसपामा बडो उत्साहका साथ टिकट लिएर चुनाव लडेँ, तर त्यही क्षेत्रका नेताहरुले षड्यन्त्रपूर्वक मलाई चुनाव हराउने काम गर्नुभयो, यो कुरा मैले पटक पटक पार्टीमा राखे तर कुनै सुनुवाई भएन ।’
पुराना दलहरुले मधेशका मुद्दा विसर्जन गरेको आरोप लगाउँदै उनले परिवर्तित अवस्थामा नयाँ ढंगबाट अगाडि बढ्नका लागि जनमतलाई रोजेको बताए ।





































