आज्ञा खबर
धनुषा
धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीथान सामुदायिक वन जलदले खोलाको डाँडामा शुक्रबार साँझ सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
नामथर वतन नखुलेको अन्दाजी ३५–३६ वर्षीया महिलाको शव सडिगली औंसा परी चिन्न नसकिने अवस्थामा रहेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए।