आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधाम उपमहानगरका सम्पूर्ण शिक्षण संस्था एक साताका लागि बन्द

आज्ञा खबर
धनुषा
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधाम उपमहानगरका सम्पूर्ण शिक्षण संस्थाहरू एक साताका लागि बन्द गरिएको छ।

विद्यालय आइतबारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले बताए।

उपमहानगरमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको यादवले बताए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...