आज्ञा खबर
बर्दिवास
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ महोत्तरीको अध्क्षय पदमा अनिता शर्मा,चयन भएकी छिन ।
नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले रिक्त रहेका ४ जिल्लामा जिल्ला अध्क्षय मनोनित गरेको हो ।
संघले महोत्तरीमा अनिता शर्मा, रौतहटमा अञ्जु झा, ताप्लेजुङ्गमा गिता चौहान र इलाममा भगवती कोइरालालाई जिल्ला अध्क्षय मनोनित गरिएको जनाएको छ ।
नेपाल महिला संघकी अध्क्षय उषा रावत मिश्रले उनीहरुलाई मनोनित गरेकी हुन् ।





































