आज्ञा खबर
बर्दिवास
रोटरी क्लब अफ बर्दिवासले मधेस प्रदेशलाई लक्षित गरेर महोत्तरीको बर्दिवासमा कृत्रिम खुट्टा वितरण शिविर संचालन गर्ने भएको छ ।
जन्मदै शारिरीक अशक्तता भएका र पछि विभिन्न दुर्घटनामा परेर खुट्टा गुमाएकालाई कृतिम खुट्टा निशुल्क बितरण गर्ने उदेश्यले शिविर संचालन गर्न लागेको रोटरी क्लब आफ बर्दिवासका अध्यक्ष कृष्ण प्रसाद गौतमले जानकारी दिए।
शिबिर भाद्र १६ गतेदेखी २५ गतेसम्म सञ्चालन हुँने आयोजक संस्थाले जनाएको छ।
भारतको रोटरी क्लब अफ जयपुर,रोटरी क्लब बिरगंज र नया“ कदम ट्रस्टको प्राविधिक सहयोगमा बर्दिवास रोटरी क्लबको आयोजनामा उक्त निशुल्क शिविर संचालन हुँने बताईएको छ ।
खुट्टा नहु“दा लौरो,बैसाखीको सहारामा हिड्ने र साहारा नहु“दा दैनिक कामकाज र हिडडुल गर्न असहज भएका मानिसलाई बिना साहारा हिड्न सक्ने कृत्रिम खुट्टा नापजा“चकाको आधारमा तयार र वितरण गरिने बर्दिवास रोटरी क्लबका सदस्य हाड तथा नशा रोग विशेषज्ञ डाक्टर चन्द्रमणी खत्रीले बताए । बर्दिवासमा यस्ता खुट्टा नभएका ७ जना भन्दा बढि व्यक्तिहरु रोटरीको सम्पर्कमा आईसकेकोले शिबिरवाट उनिहरु प्रतक्षय लाभान्भित हुँने रोटरीले जनाएको छ ।
शिविरमा रोटरीले १ सय भन्दा बढी व्यक्तिलाई कृत्रिम खुट्टा प्रदान गर्ने लक्ष्य लिएको आयोजक संस्थाले जनाएको छ । रोटरीले नेपाल तथा भारत जुनसुकै देश र क्षेत्र तथा समुदायको भएपानी शिबिरमा सहभागी गराउने बताएको छ ।
रोटरी क्लब अफ बर्दिवासले नगरको विकासमा जोड दिदै यहाँको विभिन्न विद्यालयमा आधुनिक शौचालय निर्माण,बर्दिवासको बिकट क्षेत्र झ्याउरेभाङ्ग्रेमा खानीपानीको आयोजना,मित्रपार्क निर्माण,विद्यार्थिहरुलाई साईकल वितरण, लगायत विभिन्न स्वास्थ्य विशिवहरु संचालनगरी बर्दिवास नगरको सौदन्र्यकरणका लागि बजारक्षेत्रमा वृक्षारोपण लगायतका काम गर्दै आएको देखिएको छ।
यस्का साथैे आउने भाद्र १० गते सिस्नुपानीको नेपालको विशेष जनचेतना र संदेश मुलक कार्यक्रमम पनि रोटरीले गर्ने योजना सहित तयारी थालेको अध्यक्ष गौतमले जानकारी दिए ।
