आज्ञा खबर
महोत्तरी
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले “मधेश प्रदेशको जनता तथा किसानप्रति संवेदनशील भएर कामकाज गर्न मधेश प्रदेश सरकारलाई निर्देशन दिएका छन।
महोत्तरीको मटिहानी नगरपालिकाले आयोजना गरेको राष्ट्रिय झण्डाको समुद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नु पर्र्ने बताए ।
उनले “मटिहानी आउनेक्रममा सडक छेउदेखि खेतहरूको फाँटका अवस्था एकदमै दयनीय रहेको र पानीका कारण रोपाई समेत हुन नसकेकोले जताततै सुख्खा नै सुख्खा देखिएको प्रस्ट पारे ।
उनले यस क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गरे।
यादबले जलबायु परीर्वर्तनका कारण मधेशमा पानीको सतह घटेर पिउने पानीको समेत समस्या विकराल देखिएको भन्दै यसमा सबै क्षेत्र संवेदनशील हुन आग्रह गरे ।
मटिहानी नगरपालिकाले राष्ट्रियताको परिचय दिँदै देशकै सबभन्दा ठुलो ११० फिटको अग्लो नेपालको झण्डा जडान गरेको र सो झण्डाको समुद्घाटन गर्न पाउँदा आफू खुशी भएको समेत उनले बताए।





































