महिला प्रजनन स्वास्थ्य सम्बन्धि कार्यक्रमको आकर्षण बढ्दै

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिक मार्फत निजगढ नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा महिलाहरुको आकर्षण बढ्दै गएको छ । महिलाहरुको प्रजनन र अन्य सबै प्रकारको समस्या निदान र उपचार हुन थालेपछि कार्यक्रमको लोकप्रियता बढेको हो ।

कार्यक्रममा प्रतेक महिनाको पहिलो आइतवार प्राथमिक स्वास्थ्य केन्द्रमा शिवीरको आयोजना गरेर विशेषज्ञ चिकित्सकमार्फत नियमित रूपमा महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ ।

शिवीरमा गत असार महिनामा मात्रै ६८ जनाले सेवा लिएका थिए । यो संख्या विगतको तुलनामा बढदै गएको हो।
क्लिनिकमा महिला स्वास्थ्यकर्मीहरुकै समुहले स्वास्थ्य परीक्षण र उपचार गर्ने कार्यक्रमकी फोकल पर्शन रामप्यारी गौतमले जानकारी दिइन् । गत महिना शिवीरमा १९ जनाको भिआई ए जाँच, ४ जनाको प्याप स्मेयर, ४ जनाले रिङग पेसरी सेवा लिएका हुन । साथै १ जनाको बाँझोपनको उपचार अन्य रोगका ९ जनालाई थप उपचारको लागि रिफर गरिएको छ ।

त्यसैगरी पाठेघरको मुखमा मासु पलाएको १ जना र महिलाहरु सम्बन्धि अन्य समस्या भएका ३० जना महिलाहरूको परीक्षण गरी निशुल्क औषधी समेत प्रदान गरिएको छ । शिवीरमा नारायणी अस्पताल वीरगञ्जकी महिला तथा स्त्री रोग विशेषज्ञ डा. मन्जु रायले सेवा प्रदान गर्दै आएकी छिन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...