आज्ञा खबर
काठमाडौ
लघुवित्त पीडितहरूले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
करीब ३ सयभन्दा बढी लघुवित्त पीडितहरूले माइतीघरमा जम्मा भइ माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुँन्।
गत एक सातादेखि माइतीघरमा आमरण अनसन बसेका लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीलाई साथ र समर्थन दिन भन्दै आज देश भर बाट लघुवित्त पिडितहरु काठमाडौं आएका हुँन ।
नवसामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर, लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिना गर लगायतका नारा लगाएका उनिहरुको प्रदर्शनमा अधिकांश महिलाको सहभागिता थियो।