आज्ञा खबर
सप्तरी
सप्तरीको राजविराज सखडा , छिन्नमस्ता सडक खन्ड निर्माणको माग गर्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । शुक्रबार स्थानीयवासीहरूले हुलाकी सडक अन्तर्गत राममन्दिरदेखि सखडा मोड हुँदै छिन्नमस्ता डेरीसम्म जोड्ने अधुरो सडक निर्माणको माग गर्दै टायर बालेर चक्काजाम गरेका हुन् ।
केही दिनअघि राजविराज नगरपालिका कार्यबहाक नगरप्रमुख ईसरत प्रविणले ४ दिनभित्र सडक निर्माण गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म उक्त सडक निर्माण नगरेकोले चक्काजाममा उत्रिनुपरेको स्थानीयले बताएका छन ।