स्व.सिता दहालको श्रद्धाञ्जली सभा सम्पन्न

[sharethis-inline-buttons]

निकेश खनाल
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १ को नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वडा कमिटिले मंगलवार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दहालकी श्रीमती स्व.सिता दहाल र सो पार्टीका बर्दिवास वडा नम्बर १ का पार्टी सदस्य गोपाल खड्काको श्रद्धाञ्जली सभा मनाईएको छ ।

बर्दिवास नगरपालिका वडा नम्बर १ का माओवादी केन्द्रका वडा अध्क्षय सौरभ खड्काको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथिको रुपमा सो पार्टी का केन्द्रिय सदस्य टेकबहादुर बलम्पाकी रहेका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा मन्तब्य राख्ने बक्ताहरुले पार्टी भित्र सिता दहालको भुमिका र योगदान वारे चर्चा गरेका थिए । उनिहरुले पार्टी भित्र र बाहिर राष्ट्रिय आमाको रुपमा दहाल परीचित रहेको र देशमा हाल भएको यो व्यवस्थामा उनको योगदान र भुमिकालाई जती ब्याख्या गरेपनी थोरै हुँने बताए ।

माओवादीले मिटर ब्याज ,ललिता निवास प्रकरण ,नक्कली भुटानी सरणार्थी प्रकरण जस्तो उठाएका मुद्दा लाई निष्कर्शमा पुर्याउन सकेमात्र सिता दहालको आत्माले शान्ती पाउँने बिचार ब्यक्त गरे । समाज भित्र मौलउँदै गएको शोशण, उत्पिडन र सबै किसिमका सामाजिक बिभेदको अन्त्य गर्न सके मात्रै दहालप्रती सच्चा श्रद्धाञ्जली हुने बक्ताहरुले जिकिर गरेका थिए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...