पत्रकार तोलाङ्गेको कालो करतुत मिटर ब्याज धन्दा

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास

आकर्षक ब्याजको लोभमा मिटरब्याजीको लुट धन्दाको प्रभाब र रवाफ देखाउदै आएका महोत्तरीको बर्दिवास ३ का आमोश मिडियाका सञ्चालक मनोज कुमार थापा र उनकी श्रीमती नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी कार्य समिती सदस्य पत्रकार आसाकुमारी तोलाङ्गेको कालो करतुत बाहिरीएको छ।
तोलाङ्गे दम्पतीले बर्दिवास वडा नम्बर ३ गौरीबासमा बसोवास गर्ने उनका छिमेकी गरिब तथा दलित बिपन्न बर्गलाई ऋण दिने र मिटरब्याज अनुसार चर्काे रकम असुली गर्ने गरेको तथ्य सार्वजनिक भएको बर्दिवास ३ का नरबहादुर खनालले बताए ।
यसैगरी बर्दिवास नगरपालिका ३ घर भएका रामकुमार परियार उनकी श्रीमती अनिता गुरुङ्ग अहिले मनोज दम्पतीको चर्को मिटर ब्याजको चङ्गोलमा फस्दा घरबारबाटै उठिबास लाग्ने अवस्था आएको पिडितको भनाई रहेको छ।

परीयार दम्पतीले उनकै छिमेकी मनोज कुमार थापा र उनकी श्रीमती आसाकुमारी तोलाङ्गे संग ५ बर्ष देखी पटक,पटक गरी ४ लाख ९५ हजार घर खर्च चलाउन ऋण लिएको जानकारी दिए।
रकम असुली गर्न मनोज दम्पतीले एक लाख रुपैयाँको साप्ताहिक रुपमा १० हजार सावाँ र ब्याज असुली गर्ने गरेको बर्दिवासकी सामाजिक अभियन्ता तथा महिला नेत्री उर्मिला कार्कीले बताईन। रकम असुल्ने क्रममा आसाकुमारी तोलाङ्गेले रामकुमार संग हाल सम्म ७ लाख २० हजार नगद लिईसक्दापनी ११ लाखको कपाली तमसुक गराएर बर्दिवास ३ गौरीडाडमा रहेको ६ धुर जगा तथा त्यसमा बनेको ३ कोठे पक्की घर सहित घरमा रहेको बिजुली तथा खानेपानीको मिटर समेत आफ्नो नाममा नामसारी गरेपछी पिडित अहिले भाब बिलाव भई सामाजिक हार गुहार माग्दै न्यायको खोजीमा हिडे्को बर्दिवास ३ कि सामाजिक अभियन्ता रमा बिष्टले बताईन।
न्याय माग्ने क्रममा परियार दम्पती यस क्षेत्रका सामाजिक अभियन्ता तथा नेकपा माओबादी केन्द्रका नेता तुलसी प्रसाद ढुङ्गाना कहाँ एक साता अघि पुगेका थिए। ढुङ्गानाले पिडित र पिडक दुबै पक्षलाई राखेर गरिएको छलफमा तोलाङ्गेले असहमती जनाएपछी छलफल निश्कर्ष बिहिन बनेको बिष्टको भनाई छ।
सो छलफलबाट पडितले न्याय नपाएपछी पिडितले तोलाङ्गे दम्पती बिरुद्ध बर्दिवास नगरपालिका वडा नम्बर ३ को कार्यालयमा शुक्रवार मिटर ब्याज को उजुरी दिएको वड अध्क्षय बिराट बिष्टले जानकारी दिए।
सो घटनाको छलफकालागी वड अध्क्षय बिराट बिष्टले दुबै पक्षलाई आईतवार वड कार्यालयमा बोलाएको उनको भनाई रहेको छ ।
वड कार्यालयमा भएको दुबै पक्षको छलफलमा वड अध्क्षय बिराट बिष्टले मनोज दम्पतीलाई ऋण दिएको रकम बाहेकका बाँकी रकम मिनहा गरी दिने प्रस्ताब राखेका थिए । वड अध्क्षयको प्रस्ताबलाई अस्विकार गदै मनोज दम्पतीले आफुमाथि मिटरब्याजीको आरोप लागिसकेकाले न्यायकोलागी अदालत जाने भन्दै छलफलबाट उठेर हिनेको वडा अध्क्ष्य बिष्ट को कार्यकक्षमा बताए  ।
यसैगरी मिटरब्याज पिडित रामकुमार दम्पतीपनी जिल्ला प्रसाशन कार्यालय महोत्तरीमा मिटरब्याज बिरुद्ध उजुरीदिन जाने पिडितले बताएका छन।