निकेश खनाल
बदिवास
महोत्तरी को मटिहानी नगरपालिकाले आँपको बिरुवा वितरण सुरु गरेको छ ।
हरियाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत पालिकाको सम्पुर्ण स्थानियलाई आँपको बिरुवा वितरण गर्न लागेको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।
पालिकाले पहिलो चरणमा करिब ५५ सय घर–परिवारलाई १० हजार आँपको बिरुवा वितरण गरिने नगरप्रमुखले बताए साथै उनले नगरको हरियालीकरणमा मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे ।
मटिहानी नगरपालिकाको नौ वटै वडाका हरेक घर परिवारलाई निःशुल्क रुपमा दुई वटा आँपको बिरुवा बाडने मटिहानी नगरपालिकाको कृषि शाखा प्रमुख टङ्क प्रसाद उपाध्यायले जानकारी दिए ।
आँप खेती नगदेबाली समेत रहेकोले यस्लाई प्रयोगमा आउन थालेकोले बाली पनि हुने र हरियाली पनि हुने भएकोले पालिकाले आँपको बिरुवा वितरण कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ्।
बिरुवा वितरण कार्यक्रममा नगरप्रमुख मण्डलले आँपको विरुवा लगाउनु मात्रै नभई संरक्षणमा पनि ध्यान दिन नगरबासीहरुलाई आग्रह गरेका छन्।