महोत्तरीबाट स्रोत नखुलेको १० लाख ३० हजार रुपैयाँसहित भारतीय युवक पक्राउ

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरी प्रहरीले बिहीबार दिउँसो स्रोत नखुलेको १० लाख ३० हजार रुपैयाँसहित जलेश्वर नगरपालिका वडा नं. ३ स्थित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

प्रहरीले भिठ्ठामोडबाट जलेश्वरतर्फ आउँदै गरेको बिआर ३० ड्ब्लु ५३५२ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा रकम सहित भारत बिहार प्रान्त जिल्ला सितामढी थाना सुरसण्ड ग्राम सिखण्डी भिठ्ठामोड ५ बस्ने २० वर्षीय चन्दनकुमार साफी पक्राउ परेकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
बरामद भएको रुपैयाँ तथा मोटरसाइकल सहित साफीलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बारा पठाउने प्रकृया भइरहेको बताईएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...