हरिवन नगरपालिकाले ल्यायो ६२ करोड भन्दा बढीको बजेट

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि ६२ करोडभन्दा बढीको बजेट ल्याएको छ । बुधबार भएको सातौँ नगर सभामा नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले ६२ करोड ९१ लाख ४७ हजार रुपियाँ बराबरको अनुमानित बजेट पेस गरेका छन। नगरको बजेटमा शिक्षा ,स्वास्थ्य ,खानेपानी कृषि ,भौतिक पुर्वाधार जस्ता बिषयलाई मुख्य प्राथमिकतामा राखिएको छ। ज्स्मा
सङ्घीय सरकारबाट समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी ४० करोडसहित राजस्व बाँडफाँडबाट १० करोड ९३ लाख ७६ हजार, घरजग्गा रजिष्ट्रेसन शुल्क तीन करोड, प्रदेश सरकारबाट प्राप्त सवारी साधन कर एक करोड, प्रदेश समानीकरण अनुदान ९६ लाख ९८ हजार, प्रदेश समपूरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान ३० लाख, आन्तरिक स्रोत चार करोड ५० लाख ७३ हजार र नगर विकास कोष ऋण अनुदान दुई करोड प्राप्त हुने अनुमान गरिएको छ ।

सर्लाही क्षेत्र नं. ३ का सङ्घीय सांसद तथा पूर्वमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित नगर सभाको उद्घाटन समारोहमा मधेश प्रदेश सभाका सदस्य जवाहरलाल कुशवाहा, निवर्तमान प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेतीलगायतले मन्तव्य राखेका थिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...