सर्लाहीमा नहरले बगाएर बालकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको बागमती नगरपालिका–८, सोल्टीमा नहरले बगाएर एक बालकको ज्यान गएको छ ।

ज्यान जानेमा बागमती नगरपालिका–१०, नयाँबस्ती घर भइ सोल्टी बजारमा डेरा गरेर पसल सञ्चालन गर्दै आएका अनिल वि.क. का चार वर्षीय छोरा दिक्षान्त बि क. रहेका छनर
हिजो दिउँसो पसलदेखि झण्डै दुई सयमिटर पूर्वतर्फ खेल्ने क्रममा एक्कासी बागमती सिँचाई आयोजनाको नहरमा खसेर बेपत्ता भएका बालकलाई केहीबेरपछि स्थानीय र प्रहरी भएर उद्धार गरेका थिए ।

उद्धारपछी उनलाई भेनस अस्पताल बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि सरस्वती अस्पताल हरिवन लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।