पेट्रोलियम पदार्थको मुल्य घट्यो

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
पट्रोलियम पदार्थको मुल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेटदेखि लागु हुने गरी सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै पट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ७.५० रुपैयाँ, डिजेलमा ६ र मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । यसअनुसार पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसादेखि काठमाडौं पोखरा र दिपायल क्षेत्रमा १७० रुपैयाँसम्म कायम भएको छ । डिजेल र मट्टितेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म मूल्य कायम भएको छ ।
त्यसैगरी आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ११५ ले कम गरिएको निगमले जनाएको छ ।
खाना पकाउने ग्यासको मूल्य भने स्थिर छ ।