रोटरी क्लब अफ बर्दिवासको अध्क्षय पदमा कृषणप्रसाद गौतम चयन

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
रोटरी क्लब अफ बर्दिवासको
अध्क्षय पदमा कृषणप्रसाद गौतम चयन भएका छन्।
शनिवार महोत्तरीको बर्दिवासमा सम्पन्न भएको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा रोटरी क्लब अफ बर्दिवासका वर्ष २०२२÷२३ का अध्यक्ष बिजयकुमार महतोले वर्ष २०२३÷२४ का अध्यक्ष कृष्णप्रसाद गौतमलाई पद हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा वर्ष २०२३÷२४ का पदाधिकारी तथा कार्य समितीका सदस्यलाई सपथ ग्रहण गराइएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी महोत्तरी क्षेत्र नम्बर १,क की प्रदेश संसद सारदादेबी थापाले विश्व्यापी रुपमा आफ्नै प्रतिष्ठा कमाएको मानवीय संस्था रोटरीको छवि उच्च राख्न क्लबहरूबाटै व्यवस्थित रुपमा अगाडि बढ्नुपर्ने बताएकी छिन ।

उनले रोटरीको मुल मान्यता नै सेवा गर्नु रहेकोले यसबाट व्यक्तिगत स्वार्थको कल्पना गर्न नसकिने बताईन।
थापाले रोटरीले गर्ने आगामी दिनका कामहरुमा आफ्नो सहयोग सधैरहने बताईन।
पदभार ग्रहण गर्दै अध्यक्ष गौतमले रोटरी क्लब अफ बर्दिवासले अगाडि सारेका शिक्षा, स्वास्थ्य सरसफाई जस्ता योजनाको जानकारी दिँदै आफ्नो कार्यकालमा क्लबले उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममामा वर्ष २०२२÷२३ मा गरेका कार्यक्रमहरूका बारेमा निवर्तमान अध्यक्ष बिजयकुमार महतोले जानकारी गराएका थिए ।

कार्यक्रममा क्लबका गतिविधिमा योगदान पुराउने सदस्य तथा अतिथिहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।