आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले भाषा साहित्य क्षेत्रको विकास र बिस्तारमा आफू लागिपर्ने बताएका छन्। महोत्तरीको बर्दिवास ३ कालापानी स्थित श्री सरस्वती मा. वि. मा बृहत साहित्य सञ्जाल मधेस प्रदेशको संयोजन तथा लेखनाथ स्मृति सदन महोत्तरीको आयोजनामा मात्रीभुमीको सेवा गर्ने उद्देश्यले, राष्ट्रिय धान दिवस २०८० को अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन।
प्रमुख क्षेत्रीले बर्दिवासले गुणात्मक विकासको फड्कोमार्न कला साहित्यको विकास हुँन आवश्यक रहेको औल्याउँदै आफ्नो अबको कार्यकालमा साहित्य सर्जक हरुसँग मिलेर अगिबढ्न चाहेको बताए।
लेखनाथ स्मृति सदन महोत्तरीका अध्यक्ष कवि जनक पौडेलको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि बृहत साहित्य सञ्जाल मधेस प्रदेशका संयोजक तथा प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष कवि नारायण घिमिरेले बिद्यालयका विद्यार्थी हरुलाई भाषाको संरक्षण गर्न साहित्य सिर्जनामा लाग्नु पर्ने बताए।
उनले बर्दिवासलाई मधेसकै साहितिक राजधानीको रुपमा विकास गर्नु पर्ने आजको आवश्यकता रहेको समेत औल्याए।
कबि घिमिरेले भाषा साहित्यको दिगो विकासकालागि स्थानीय सरकारले नगर प्रज्ञा प्रतिष्ठान गठन गरेर अगि बढ्न समेत मेयर क्षेत्रीसँग माग गरेका छन्।
कार्यक्रममा श्री सरस्वती मा.वि.कालापानीका विद्यार्थी ,सक्षम सेन्चिरी,दिवस पौडेल, सुम्निमा भण्डारी,सुमित्रा, कृतिका बिक,समिक्षा खड्का,अमिशा माझी ,रोजिना माझी लगायतले कविता वाचन गरेका थिए।
त्यसैगरी बिद्यालयका प्र अ चन्द्रबहादुर विश्वकर्मा शिक्षकहरु शंकर, न्यौपाने ,जनक प्रसाद पौडेल , सुमेद ठाकुर वरहि ,समेतले आफ्नो रचना वाचन गरेका थिए।
श्री सरस्वती मा. वि.का शिक्षक सुमेद ठाकुरले सञ्चालन गरेको उक्त कार्यक्रममा आयोजक संस्थाको तर्फबाट प्रतिमा पौडेलले आमन्त्रित पाहुना हरुलाई स्वागत गरेकी थिईन्।
कार्यक्रममा सञ्जाल सम्बद्ध प्रगतिशील लेकक संघ महोत्तरीका कवि नारायण घिमिरे, बलेसी साहित्य समाजका कवि भीम कुमार राउत, मिथिला साहित्य प्रतिष्ठानका कवि विपिराज दाहल र कवि नीरप्रसाद शर्मा, कार्यक्रम आयोजक सस्थाका कवि जनक पौडेल र प्रतिमा पौडेल, बर्दिबास साहित्यिक साँस्कृतिक प्रतिष्ठानका कवि रामचन्द्र पौडेल, जनता मावि गौरीडाँडाका पुर्व प्र अ कवि सरिता ढुङ्गाना र बर्दिवास नगरपालिकाका कवि विनोद ढुङ्गेल लगायतका कविहरुले आ–आफ्नो रचना वाचन गरेका थिए।
बर्दिवासले गुणात्मक विकासको फड्कोमार्न कला साहित्यको विकास हुँन आवश्यक रहेको ,,प्रमुख क्षेत्री

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech