आज्ञा खबर
रौतहट
जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला अदालत रौतहटको फैसला कार्यान्वयन गर्दै मंगलबार एकै दिनमा ६ जना फरारको सूचीमा रहेका प्रतिवादीलाई पक्राउ गरेको छ।
गरुडा नगरपालिका २गेडहिगुठिका वर्ष ६५ का बलिराम सहनी, सोही ठाउँका वर्ष ५५ को कृष्णनन्दन सहनी, वर्ष ३५ का सुनिल सहनी, वर्ष ३९ का प्रभुनन्दन भन्ने शशि सहनी रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । पक्राउ पर्नेहरु कुटपिट अङ्गभङ्ग मुद्दाको फरार प्रतिवादी हुँन।
त्यसैगरी जुवा सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू गरुडा ६ पोथियाहिका ६५ वर्षीय जम्दार साह र ६० वषीय जुकिन्द्र साह पनि पक्राउ परेका छन्। पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराई प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
