महोत्तरी- औरहीमा सम्पन्न लागुऔषध सम्बन्धी सचेतना कार्यक्रममा विद्यार्थी र अभिभावकले सहभागिता जनाएका छन् । लागुऔषधले समाज ने भैरहेको र स्कुले बालबालिका समेत यसको चपेटामा परिरहेको अवस्थामा लागुऔषध बारे अभिभावक र बिधार्थी दुवैले बाहा पाउनु पर्ने भन्दै औरहीमा आयोजकको आमन्त्रण स्विकार गर्दै अभिभावक र बिधार्थीले उपस्थिति जनाएका थिए।
औरही नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त सचेतना कार्यक्रममा लागुऔषध सम्बन्धि विशेष कक्षा निदै जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले लागुऔषध के हो यसले कस्तो प्रभाव पार्छ, यसको कुलतमा फस्दा के हुन्छ? यसले कसरी आपराधिक कृयाकलापमा संलग्न गराउछ । लगायतका विषयमा प्रकाश पारेका थिए एसपी मल्लले महोत्तरीमा प्राय अत्यधिक प्रयोगमा आइरहेको लागुऔषधहरुको नाम र त्यसको प्रभाव सहित त्यसता लागुऔपधने मानसिक स्वास्थ्य र सामाजिक सहितका विभिन्न क्षेत्रमा पार्ने नकारात्मक असर बारे अभिभावक र विद्यार्थीलाई सचेत गरेका थिए।
उनले लागु औषधकै सेवन, ओसार पसार लगायतका विभिन्न मुद्दामा दर्जनौ मानिस अझै प्रहरीको बुनुवनामा सयौ मानिस कारागारमा रहेको बताउदै एक व्यक्तिबाट सुरु हुनु लागुऔपध सेवनले परिवार र पछि समाजलाई नै समाप्ती तर्फ लैजाने भन्दै यसको रोकथामको लागि अभिभावकले आफ्नो वालवालिकालाई निगरानी गर्ने देखि कुलतमा फसिसकेको बालबालिकालाई रिया सेन्टरमा उपचार गराउनेसम्मको बारे विस्तृत बताएका थिए। यता मोहि कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले लागुऔपचले बनेको घर तवाह भैसकेको बताउदै यो स्थिति विकराल बन्दै गएको र यस्तै युवाको जिवन अन्धकार बनाइरहेको प्रति समाज र अभिभावकलाई सचेत हुन आग्रह गरे ।प्रमुख जिल्ला अधिकारी पहाडीले भने अभिभावकले विशेष जिम्मेवार बन्दै आफ्नो सन्ततीको र कस्तो संगतमा लागेका छन भनेर निगरानी गर्ने पर्ने अवस्था आएको बताउदै सुरक्षाकर्मीबाट लागुऔषध नियन्त्रणको लागि पहल र कार्य भैरहेपनि सुरक्षाकर्मीको अभियानमा विद्यार्थी, अभिभावक र समाज सबैको समन्य आवश्यक रहेको बताए। त्यस्तै सचेतना कार्यक्रमा बोल्दै औरही नगरपालिकाका नगरप्रमुख प्रदीप खड्काले लागुऔपधका कारण अपराधिकरण निक्कै बढेको भन्दै चिन्ता व्यक्त गरे। उनले समाजमा शिक्षा आर्जन गर्नेहरुको बढिरहेपनि शिक्षित सबै हुन नसकेको बताउदै लागुऔषध दुव्यंवसन र यसले खराबीमात्र गर्छ भन्नेसम्मको ज्ञान सवैमा हुनु आवश्यक रहेको बताए ।
नगरप्रमुख खड्काले स्थानिय तहबाट लागुऔषध निर्मुलको लागि हरेक प्रकारको सहयोग गर्न आफूहरु तयार रहेकोमा अब बिधार्थी देखि घर परिवार र समाजबाट समेत लागुऔषध सेवनकर्ताहरुलाई सहि वाटीमा ल्याउन अभियान चलाउनु आवश्यक रहेको बताए।