३ महिनापछि खुल्यो हरिपूर्वा नपाको तालाबन्दी

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिपुर्वा नगरपालिकामा ८८ दिनदेखी गरिएको तालाबन्दी आइतबारबाट खुलेको छ ।

नगरप्रमुख विनोद साह तेलीले मनोमानी कामकाज गरेको भन्दै गठन गरिएको सङ्र्घष समितिले नगरपालिका कार्यालयमा तालाबन्दी गरेको थियो ।
मेयर पक्ष र सङ्र्घष समिति पक्षबीच आइतबार भएको वार्तामा पाँच बुँदे सहमति भएपछि ताला खुलेको हो ।

वार्तामा सङ्घर्ष समितिले राखेको नौ बुँदे माग दुबै पक्षले स्वीकार्ने, ती मागको अध्ययन गर्न कार्यदल बनाई सात दिनभित्र प्रतिवेदन पेश गर्ने, कार्यदलबाट प्राप्त प्रतिवेदन दुवैपक्षले स्वीकार गरी कार्यान्वयनमा लैजाने लगायतका सहमति भएपछी ताल्चा खोेलेको हो।
सङ्घर्ष समितिले गएको चैत १५ गते नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि हरिपुर्वाको विकास निर्माणका सबै काम ठप्प भएका थिए ।

कर्मचारीको तलब निकासा बाहेकको काम रोकिएको थियो । तालाबन्दीका कारण नगरपालिकामा आएको ससर्त अनुदानको करिब ३४ करोड रुपियाँ रकम फिर्ता हुने अवस्थामा पुगेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...